सार्वजनिक यातायात खोल्न माग गर्दै व्यवसायीद्वारा यातायात व्यवस्थापन विभाग अगाडी धर्ना (तस्विरमा हेर्नुहोस् )

सार्वजनिक यातायात खोल्न माग गर्दै व्यवसायीद्वारा यातायात व्यवस्थापन विभाग अगाडी धर्ना (तस्विरमा हेर्नुहोस् )

  • मङ्लबार, भदौ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 23.5K
    SHARES

काठमाडौँ , २३ भदौ ।
यातायात व्यवसायीले सार्वजनिक यातायात खोल्न सरकारसँग माग गरेका छन् । मंगलबार यातायात व्यवस्थापन विभाग अगाडि धर्ना दिँदै व्यवसायीले यस्तो माग गरेका हुन् ।

व्यावसायीहरुले धेरै समयदेखि बन्द रहेको सार्वजनिक यातायात सेवा छोटो दुरीका साथै अन्तरजिल्ला, प्रदेश यातायात सेवा समेत खोल्न व्यवसायीले माग गरेका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघको नेतृत्वमा आन्दोलित व्यवसायीले विभागका महानिर्देशक गोगनकुमार हमाललाई ८ वुँदे मागपत्र समेत बुझाएका छन् ।

कोभिड–१९ का कारण लामो समयदेखि यातायात सेवा ठप्प हुँदा व्यवसायी गम्भीर संकटको अवस्थामा पुगेको र आवश्यकताका आधारमा सरकारले व्यवस्थापन गरेको होल्डिङ्ग सेन्टरबाट संचालित सिमित निजी सवारी सधानले समेत सहज सेवा दिनुको साटो उल्टो थप जटिलता ल्याउने काम गरेको भन्दै तत्काल सार्वजनिक सवारी साधन संचालनमा ल्याउन महासंघले माग गरेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र(सीसीएमसी), काठमाडौं जिल्ला प्रमुख(सीडीओ) र ट्राफिक प्रहरी महाशाखालाई समेत उदृत गर्दै बुझाइएको पत्रमा महासंघले यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्न र तत्काल सवारी संचालन गर्न माग गरेको छ ।

व्यावसायीहरुले ‘यातायात मन्त्रालयको आखाँ सार्वजनिक यातायातमा पनि जाओस् ‘ , ‘उद्धारका नाममा विदेशबाट आएका नागरिक गठन बन्द गर् ‘ , ‘पिडित तथा बेखर्ची यात्रुलाइ नि शुल्क गन्तब्य पुराउने व्यवस्था गर ‘ लगाएतका नारा लेखिएका प्लेकार्ड बाकेर यातायात व्यवस्थापन विभाग अगाडी धर्ना दिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ