कोरोना कहर नेपालमा : कोरोना परिक्षण ल्याबका प्राविधिकहरु कोही संक्रमित, कोही बिरामी

कोरोना कहर नेपालमा : कोरोना परिक्षण ल्याबका प्राविधिकहरु कोही संक्रमित, कोही बिरामी

  • मङ्लबार, भदौ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

चितवन, २३ भदौ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९)भाइरसको असर नेपालमा पनि परेको छ । कोरोना भाइरसले नेपालको स्वास्थ्य क्षेत्रलाइ चुनौती दिएको छ भने आर्थिक , सामाजिक , वैज्ञानिक , मनोविज्ञान इत्यादि क्षेत्रहरुमा नराम्रो असर पारेको छ ।

यस्तैमा नेपालमा दक्ष जनशक्तिको अभावमा बाचिरहेको छ । झन् कोरोना महामारीले सिमीतमा मात्र रहेका दक्ष जनशक्तिीलाइ कब्जा गरेको छ। यी सिमीत जनशक्तिहरु पनि दिनरात काममा व्यस्त रहन थालेकाले उनिहरुको स्वास्थ्यमा समस्या देखिन थालेको छ । भने कतिपय आफै कोरोना संक्रमित भएका छन् ।

यस्तै समस्याबाट गुज्रियका चितवनको भरतपुर अस्पताल मातहतको कोभिड–१९ प्रयोगशालामा काम गर्ने एक जना प्राविधिकलाई कोरोना संक्रमण भएको छ भने, केही प्राविधिकहरु बिरामी पर्न थालेका छन् । संक्रमितको सम्पर्कमा आएका अन्य प्राविधिकहरुको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

विगत ६ महिनादेखि होटलमा बसेर प्रयोगशालामा काम गरिरहेका प्राविधिकहरूलाई स्वास्थ्य समस्या देखिएपछि कामसमेत प्रभावित हुने देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए . प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले पनि आफूलाई बिसन्चो भएको भन्दै आरामको जरुरत रहेको जानकारी अस्पताललाई गराएको मेसु डा. तिवारीले बताए ।

केही प्राविधिकहरूले सकिनसकी प्रयोगशालामा आएर काम गरिरहेका छन् । गएको चैत २१ गतेबाट सुरु भएको प्रयोगशालामा निरन्तर काम गर्ने सिनियर प्राविधिकहरूले आराम नपाउँदा बिरामी पर्न थालेका हुन् । ‘कामको अति नै चाप भयो, धपेडी पनि भयो, आराम पाइएन,’ प्रयोशालामा काम गर्ने एक प्राविधिकले भने, ‘दिनभर एसीको चिसो, बाहिर तातो मौसम, होटलको बास, मनोटोनस पनि भैयो, विगत ६ महिनादेखि बन्दी जीवन जस्तो बाँचिरहेका छौं, निकै समस्या भयो ।’

प्राविधिकहरुलाई टाउको दुख्ने, ढाड दुख्ने, रुघाखोकी लाग्नेलगायतका समस्या देखिएका छन् ।
प्रयोगशालामा हाल ९ जना प्राविधिकहरूले काम गरिरहेका छन् । दुई जना प्राविधिकहरुलाई भरतपुर क्यान्सर अस्पतालबाट ल्याइएको थियो ।

क्यान्सर अस्पताल आफैंले कोरोना परीक्षण ल्याब खोलेपछि उनीहरु भरतपुर अस्पतालको ल्याबबाट विदा भएका छन् । उनीहरुको ठाउँमा राख्नका लागि थप दुई जना प्राविधिकलाई तालिम दिइसकिएको अस्पतालका मेसु डा.श्रीराम तिवारीले बताए ।

अस्पतालका मेसु डा. तिवारीले प्राविधिकहरु बिसन्चो हुँदाहुँदै पनि आएर सकेको काम गरिरहेको बताए । प्रयोगशालामा दैनिक ३ सयभन्दा बढी नमूना परीक्षण हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ