विवादित रेलमार्गको ठेक्का स्थगन

विवादित रेलमार्गको ठेक्का स्थगन

  • मङ्लबार, भदौ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

काठमाडौँ , २३ भदौ ।
विवादमा तानिएको पूर्व-पश्चिम रेलमार्ग अन्र्तगत काक्कडभिट्टा-इनरुवा खण्ड निर्माणको ठेक्का स्थगित भएको छ ।
रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी गराएको हो ।

यस्तो बेलामा रेलर्मागले गर्दा घरबारबिहीन भएकाहरुलाइ राहात भन्दा पनि ठेकेदारहरुलाइ पेश्की दिन तयार भएका थिय ।
जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती सबै अब स्थगित भएका छन् ।

रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ५४ वटा प्याकेजमध्ये कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेको थियो ।
जुन टेन्डर अहिले मूल्यांकन प्रक्रियामा रहेको भनिएको थियो ।

जग्गा अधिग्रहण पनि नगरी हतार(हतार ठेक्का लगाउन लाग्दा चौतर्फी विरोध भइरहेको छ । रेलमार्गबाट प्रभावित हुने जनता पनि आन्दोलित छन् । तर, सरकार र प्रतिपक्ष दल भने यसमा मौन रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ