ओली सरकारले कोरोना नियन्त्रण गर्न हैन, जनताको मुख थुन्न निषेधाज्ञा लागू गरेको हो :डा. गोविन्द केसी

ओली सरकारले कोरोना नियन्त्रण गर्न हैन, जनताको मुख थुन्न निषेधाज्ञा लागू गरेको हो :डा. गोविन्द केसी

  • मङ्लबार, भदौ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

भदौ २३ काठमाण्डौं । सत्याग्रही डा. गोविन्द केसीले ओली सरकार तानाशाही बनेको र कोरोना नियन्त्रण गर्न भन्दा पनि जनताको मुख थुन्न निषेधाज्ञा लागू गरेको बताएका छन् ।
अहिले जुम्लाको सिञ्जामा पुगेर जनताको स्वास्थ्य परीक्षण गर्दै गरेका डा. केसीले मिर्मिरे अनलाईसगँको कुराकानीमा जनताले रगत बगाएर ल्याएको लोकतन्त्र मास्क ओली सरकार लागि परेको बताए ।
उपत्यका सहित देशभर लागू गरिएको निषेधाज्ञाको अवधिमा पनि जनताको स्वास्थ्य, व्यवस्थापनमा ध्यान नदिएको डा. केसीको भनाई छ ।
डा. केसीलाई केही दिन अघि अनसन बस्न दिईएको थिएन भने धरपकड गरिएको थियो ।
आफूले उठाएका माग पुरा नभए पुनः अनसन थाल्ने डा. केसीले बताए । उनले कहिले अनसन बस्ने भन्ने कुरा आफैले निर्णय गर्ने बताए । आफूलाई अनसन बस्नबाट कसैले रोक्न नसक्ने डा. केसीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ