‘जिम्मेवारी पूरा नगरी हात बाँधेर बस्‍नु पनि भ्रष्टाचार हो’:शेष नारायण पौडेल

‘जिम्मेवारी पूरा नगरी हात बाँधेर बस्‍नु पनि भ्रष्टाचार हो’:शेष नारायण पौडेल

'इमानदारीता' घमण्ड होइन 'कर्तब्य' हो :मालपोत कार्यालय कास्कीका प्रमुख भुजेल

  • सोमवार, भदौ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 30K
    SHARES

काठमाडौँ , २२ भदौ ।
भूमी व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेष नारायण पौडेलले आफ्नो जिम्मेवारी पूरा नगरी हात बाँधेर बस्नु पनि भ्रष्टाचार भएको टिप्पणी गरेका छन्।
निजामती सेवा दिवसको अवसरमा मालपोत कार्यालय लेखनाथ कास्कीका प्रमुख हरि भूजेलको विचारलाई समर्थन जनाउँदै उनले यस्तो बताएका हुन्।

भुजेलले लेखेका छन्, ‘हो,म मालपोतमा काम गर्छु। यसको अर्थ म भ्रष्ट्र छु नसोच्नुहोला। तीनपुस्ते सम्पती खुलमखुला भन्न सक्छु। ‘इमानदारीता’घमण्ड होइन ‘कर्तब्य’हो। भ्रष्ट बनाउने प्रवृती र सोचले नजिक नआउनुहोला। निजामती सेवा दिवसको शुभकामना।’

पौडेलले भ्रष्टाचार भयो भनेर आवाज उठाउने र विरोध गर्ने धेरै व्यक्ति आफैँमा महाभ्रष्ट भएको बताए। उनले लेखेका छन्, ‘मेरो विचार र अनुभवमा भ्रष्टाचार भयो भनेर आवाज उठाउने र विरोध गर्ने धेरै व्यक्तीरसमूह आफैँमा महाभ्रष्ट छन्, काम गर्नु भ्रष्टाचार होइन बरु आफ्नो जिम्मेवारी पूरा नगरी हात बाँधेर बस्नुरजोखिम नलिनु आफैमा भ्रष्टाचार हो।’

पौडेल प्रमुख जिल्ला अधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको प्रमुखका रुपमा पनि कार्य गरिसकेका प्रशासक हुन्।

मालपोत कार्यालय लेखनाथ कास्कीका प्रमुख भूजेलले आफू मालपोत कार्यालयमा काम गर्दैमा भ्रष्ट नसोच्न आग्रह गरेका छन्। उनले भ्रष्ट्र बनाउने प्रवृति र सोचले नजिक नआउन चेतावनी दिएका छन्। पछिल्लो समयमा मालपोत र भन्सारका कर्मचारी भ्रष्टाचारमा लिप्त हुने जनमानसमा छाप परेकाले सबै उस्तै नहुने प्रतिक्रिया स्वरुप उक्त टिप्पणी गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ