भदौ २२ काठमाण्डौं । नेपालमा लगातार कोरोना संक्रमित थपिने क्रम जारी छ । देशभर पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनामा गरिएको परीक्षणमा ९ सय ७९ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।यो सगैँ देशभर कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६पुगेको छ ।
त्यस मध्य सक्रिय संक्रमित १६ हजार २ सय ५९ जना रहेका छन् । ती मध्य संस्थागत आईसोलेसनमा ९ हजार ६९ रहेका छन् भने होम आईसोलेसनमा ७ हजार १ सय ९० जना रहेका छन् ।
कोरोनाबाट अहिले सम्म ३० हजार ६ सय ७७ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १७ सय ३६ डिस्चार्ज भएका छन् । अब क्वारेन्टाईनमा ४ हजार ४ सय ३९ जना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline