जिल्ला प्रशासन कार्यलय ललितपुर घेराउ गर्न पुगेका युवाहरुलाइ प्रहरीद्वारा रोक !

जिल्ला प्रशासन कार्यलय ललितपुर घेराउ गर्न पुगेका युवाहरुलाइ प्रहरीद्वारा रोक !

  • सोमवार, भदौ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

ललितपुर , २२ भदौ ।
ललितपुुर जिल्ला प्रशासन कार्यालय ललितपुर घेराउ गर्न पुगेका युवाहरुलाई प्रहरीले तितरबितर पारेको छ ।
रातो मत्स्येन्द्रनाथको रथ तान्नेक्रममा पक्राउ परेका युवाहरुलाई रिहाई गर्न माग गर्दै सोमबार बिहान स्थानीय केही युवाहरु प्रशासन कार्यालय घेराउ गर्न पुगेका हुन् ।

विहान करिब ११ बजे जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका युवाहरु धर्नामा बस्न थालेपछि प्रहरीले रोकेको हो ।
प्रहरीले धर्नामा बस्न नदिएपछि युवाहरु प्रहरी नभएको स्थानमा भेला भएको देखिन्छ । अहिले प्रशासन कार्यालय आसपास क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन भएको छ ।

गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति बिना जबरजस्ती मत्स्येन्द्रनाथको रथ तानेपछि ललितपुरको पुलचोकमा दिनभर विवाद उत्पन्न भएको थियो । युवाहरुले ट्राफिक प्रहरीलाई समेत कुटपिट गरेका थिए । कुटपिटमा उत्रिएका केही युवाहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा अभियोगमा हिरासतमा राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ