काठमाडौँ ,२२ भदौ ।
युवतीलाई बलात्कार प्रयासको आरोपमा एक जना प्रहरी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला घर भइ महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्र सिंह छन् ।
गौशालाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० जितेन्द्र बस्नेतका अनुसार २१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा सिंहलाई पक्राउ गरिएको हो ।
‘अहिले म्याद थप गर्न पठाएका छौं’, बस्नेतले भने । प्रहरी जवान सिंहले आइतबार वनकालीस्थित घरमै आएर आफूलाई बलात्कार गर्न खोजेको पीडित युवतीको दाबी छ ।
जाहेरी दर्ता भएपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण समेत गराएको छ ।
म्याद थप गरेपछि बयान लिने प्रहरी तयारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline