मध्यरातमा ओर्सान लागिएको काठ नियन्त्रणमा लिइ कार्यलयतर्फ ल्याउदा स्थानीयसँग झडप, प्रहरीसहित ५ जना घाइते

मध्यरातमा ओर्सान लागिएको काठ नियन्त्रणमा लिइ कार्यलयतर्फ ल्याउदा स्थानीयसँग झडप, प्रहरीसहित ५ जना घाइते

  • सोमवार, भदौ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

जनकपुरधाम , २२ भदौ
मध्यरातमा काठ ओसार्न लागीपरेकाहरु र प्रहरीबीच धनुषाको बटेश्वर गाउँपालिकामा झडप हुँदा दुई प्रहरी र तीन जना स्थानीय घाइते भएका छन् ।
बटेश्वर गाउँपालिका– ५ शान्तिपुरमा काठ ओसारिरहेको सूचना पाएपछि आइतबार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दीपक राय नेतृत्वमा टोली खटिएको थियो ।

प्रहरीले स १ त ६०४० नम्बरको ट्याक्टरमा सखुवाको काठ लोड गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिई कार्यालय तर्फ ल्याउने क्रममा ६०/७० जनाको समूहले एक्कासी पछाडिबाट ढुंगा प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए ।

उक्त समूहको आक्रमणमा प्रहरी निरीक्षक रायको बाँया आँखामाथि चोट लागेको छ भने प्रहरी जवान रामविश्वास पण्डितको टाउकोको पछाडि भागमा चोट लागेको मिश्रले जानकारी दिए ।
दुबैको महेन्द्रनगर हेल्थकेयरमा उपचार भईरहेको उनले बताए ।

उक्त ट्याक्टरमा लोड गरिएको सखुवाको ८ थान गोलिया काठ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको र फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयको समुहले प्रहार गरेको ढुंगाले लागेर ना १ झ १२५० नम्बरको प्रहरीको गाडीको पछाडिको सिसा फुटेको छ ।
स्थानीयका अनुसार प्रहरीले लाठी चार्ज गर्दा स्थानीय तीन जना समेत घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ