काठमाडाैं, २२ भदाै । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले चाकडीवाजहरुले सहि गलत छुट्याउन नसक्ने बताएका छन् । पार्टीकाे स्थाइ समिति बैठक स्थगित भएकाे केहि समयपछि सामाजिक सञ्जालमा धारणा सार्वजनीक गर्दै प्रवक्ता श्रेष्ठले आलोचनात्मक चेत भएका साँच्चैका हितैषीहरुले मात्रै आफुले ठिक नदेखेको कुरा समयमै भनेर गल्ति गर्न वा पतनबाट जाेगाउने बताएका छन् ।
उनले निहीत स्वार्थ केन्दृत अन्ध चाकडीवाजहरुले प्रशँसा र भजन मात्रै गाँउछन् र डुवाउने पनि बताएका छन् ।
उनले लेखेका छन्, “आलोचनात्मक चेत भएका साँच्चैका हितैषी हरुले आफुले ठिक नदेखेको कुरा समयमै भन्छन् र गल्ति गर्न वा पतनबाट बचाउँछन् ,जवकी निहीत स्वार्थ केन्दृत अन्ध चाकडीवाजहरुले प्रशँसा र भजन मात्रै गाँउछन् र डुवाउछन् ।त्यसैले आलोचनात्मक चेत भएका मित्रहरुमा भर गरौं, स्वार्थी अन्ध प्रशंसकमा होइन।”
साथै प्रवक्ता श्रेष्ठले बिचार सहितको विवेक भएकाहरु मुर्खले जस्तो सुर्याइँ नदेखाएपनि निर्णय एवं कार्य गर्नु अघि सँशयकारी जस्ता देखिने बताएका छन् । तर बिचार सहितका विवेकी हरु नै सुरा मुर्खहरु भन्दा भरपर्न लायक हुने पनि श्रेष्ठकाे तर्क छ ।
श्रेष्ठले लेखेका छन्, “लोकतान्त्रिक पध्दति अन्तर्गत कार्यगर्दा केही प्रकृयागत ढिलाई हुन सक्छ ।बिचार सुन्ने सहिष्णुता र छलफल गर्ने धैर्यता चाहिन्छ लोकतन्त्रमा ।निरङ्कुश तानाशाही तन्त्र छलफलको ” झञ्झट” बाट मुक्त र छिटो काम हुने ब्यबस्था लाग्न सक्छ । तर लोकतन्त्र नै उत्तम हुन्छ,निरङ्कुशतन्त्र होइन ।”
नेकपाकाे साउन १३ गते स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति सोमबार बिहान बालुवाटारमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसहितको छलफलमा भएको बताइएकाे छ।