नेकपा स्थायी समितिको बैठक भदौ २६ गतेका लागी बोलाइने

नेकपा स्थायी समितिको बैठक भदौ २६ गतेका लागी बोलाइने

  • सोमवार, भदौ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ , २२ भदौ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक यही भदौं २६ गतेका लागि बोलाउने निर्णय भएको छ ।
सोमबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफलपछि स्थायी समिति बैठक बोलाउने निर्णय भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छ।

गत असार १० गते सुरु भएको स्थायी समिति बैठक पटक–पटक सारिएको थियो । पार्टीभित्रको आन्तरिक विवादपछि साउन १३ गतेपछि अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।

गत साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फीरूपमा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए।
सोही दिन अर्का अध्यक्ष प्रचण्डले ओलीइतर समूहका २९ जना स्थायी कमिटी सदस्यको उपस्थितिमा बैठक सञ्चालन गरेका थिए।

प्रचण्डले बैठकमा प्रधानमन्त्रीले पूर्वनिर्धारित बैठकलाई बिना छलफल स्थगित गर्नुलाई पार्टी विधान विपरित भएको भन्दै आपत्ति जनाएका थिए।
ओलीलाई प्रचण्डले उत्तेजित नभइ संवाद र एकतामै जोड दिन आग्रह समेत बैठकमा गरेका थिए।

लामो समय देखि स्थायी कमिटीको बैठक स्थगन हुदै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ