निजामती सेवा दिवसः ४० जना कर्मचारी पुरस्कृत, यो वर्ष पनि सर्वोकृष्ठ कर्मचारी भेटिएन !

निजामती सेवा दिवसः ४० जना कर्मचारी पुरस्कृत, यो वर्ष पनि सर्वोकृष्ठ कर्मचारी भेटिएन !

  • सोमवार, भदौ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाडाैं, २२ भदाै । आज १७औँ निजामती सेवा दिवस । कोरोना महामारीकाबिच सरकारले बिभिन्न कार्यक्रम गरेर मनाएको छ । यसै अवसरमा ४० जना कर्मचारी पुरस्कृत भएका छन् ।
यो वर्ष पनि सर्वोकृष्ठ निजामति सेवा पुरस्कार भने कसैलाई वितरण गरिएन। निजामती दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्ने परम्परा अनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो।

उत्कृष्ट निजामती सेवाबाट पुरस्कृत हुनेहरुमा काठमाडौंका प्रजिअ जनकराज दाहाल, नेपाली राजदुतावास, बेजिङका सहसचिवसुशील कुमार लम्साल, कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, संघीय मामिला मन्त्रालयका उपसचिव डिलाराम पन्थी, सीडीई सुरतकुमार बम, लोक सेवाका उपसचिव टामलाल पाण्डे, प्रसासकीय अधिकृत सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामा रहेका छन्।

त्यसैगरी ३० जना कर्मचारीलाई निजामती पुरस्कारले पुरस्कृत गरिएको छ। जसमा रघुराम विष्ट, कुवेर नेपाली, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, रोशनी देवी कार्की, अञ्जनकुमार मिश्र, डा. वीरेन्द्रकुमार मिश्र, बाबुराज अधिकारी, टिकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे, मञ्जु सिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य रहेका छन्।

यसै गरी प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयाँल रहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ