ललितपुर , २१ भदौ ।
अल्का हस्पिटलमा कार्यरत ३९ वर्षीया गीता केसीको हत्यामा आरोपीत भतिजा निर्मल केसीलाई भैंसेपाटी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका निर्मलले अपराध स्वीकारीसकेको ललितपुर प्रहरीले बताएको छ ।
ललितपुर प्रहरीका अनुसार केसीको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित पर्ने सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा हत्या गरेर फालिएको अवस्थामा शुक्रबार राती फेला परेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भतिजा निर्मल र गीता विगत चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ ।
प्रेम सम्बन्ध स्वीकारेका निर्मल र मृतकबीच आर्थिक लेनदेनको मामला भने अहिलेसम्मको अनुसन्धानबाट नदेखिएको महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख टेक प्रसाद राइले जानकारी दिनुभयो ।
राइका अनुसार आर्थिक लेनदेन नभइ प्रेम सम्बन्धका कारण हत्या भएको हुन सक्ने बताएका छन् ।
यो पनि पढ्नुहोस् :
https://www.mirmireonline.com/2020/09/05/163570/