अल्का अस्पतालकी कर्मचारीको शव लेले जंगलमा फेला, हत्या आशंकामा एक पक्राउ

अल्का अस्पतालकी कर्मचारीको शव लेले जंगलमा फेला, हत्या आशंकामा एक पक्राउ

  • शनिबार, भदौ २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

ललितपुर , २० भदौ ।
ललितपुरमा अवस्थित अल्का अस्पतालमा कार्यरत ३९ वर्षीया गीता केसीको शव फेला परेको छ।
बुङ्गमती बस्ने उनको गोदावरी नगरपालिका(१० मूलडोलस्थित लेले जंगलमा शुक्रबार राति शव फेला परेको हो।

महानगरीय प्रहरी वृत्त, चापागाउँका डिएसपी कृष्ण ओझाका अनुसार उनको हत्या गरेको हुन सक्ने आशंका गरिएको छ।
शुक्रबार राति नै उनको शव फेला परे पनि राति भएको हुँदा शवको मुचुल्का शनिबार बिहान मात्रै उठाएको थियो।

‘हिजो राति शव फेला परेको थियो। उनी अल्का अस्पतालमा काम गर्ने कर्मचारी हुन्,’डिएसपी ओझाले भने,’हामीले डग स्कुलबाट दुइटा कुकुर पनि बोलाएका थियौं।’

उनका अनुसार ती दुई प्रिन्स र विजय नामक कुकुरको सहायताले उनको ‘ह्यान्ड ब्याग’ फेला परेको हो। त्यसमा अल्का असस्पतालको आइडी कार्ड फेला परेको उनले बताए।

‘केही दिन अघि उनी हराएको निवेदन ललितपुर परिसरमा परेको थियो। हामीले फेला पारेको आइडीले उनी हुन् भन्ने पुष्टि भएको छ,’उनले भने।

प्रहरीले हत्या गरेको आशंकामा उनका नाता पर्ने एक जना पुरूषलाई पक्राउ गरिसकेको छ। भैंसीपाटीबाट ‘भतिज’ पर्ने निर्मल केसीलाई पक्राउ गरेको हो ।
उनको शव पोष्टमर्टमको लागि पाटन अस्पताल पठाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ