रेल विभागका महानिर्देशक मिश्र सहित मल आपुर्तिका ठेकेदारलाई कार्बाही गर्ने नेकपाको चेतावनी

रेल विभागका महानिर्देशक मिश्र सहित मल आपुर्तिका ठेकेदारलाई कार्बाही गर्ने नेकपाको चेतावनी

  • शनिबार, भदौ २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

भदौ २० काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले काकडभिट्टा ईनरुवा ठेक्कामा ६ अर्बको खुलेआम भष्टाचार भएको देखिएको भन्दै राज्यकै कानुन विपरीत भ्रष्टाचार गरेर ठेक्का लगाउने रेल विभागका महानिर्देशक वलराम मिश्रलाई कार्बाही गर्ने चेतावनी दिएको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै प्रकाण्डले मल आपुर्तिको ठेक्का लिने र आपुर्ति नगर्ने ठेकेदारलाई पनि कार्बाही गर्ने चेतावनी दिएका छन् ।
प्रकाण्डद्धारा जारी विज्ञप्तिमा, पूर्व–पश्चिम रेलमार्गको परियोजनाका नाममा काँकडभिट्टा–इनरुवा खण्डमा माटो भर्ने योजना सरकारको यातायात मन्त्रालयअन्तर्गत रहेको रेल विभागले ३३ अर्बमाथिको ठेक्का मुआब्जा वितरण नगरी, प्राविधिक एवम् आर्थिक मूल्याङ्कनबिनै, आफ्नै राज्यको कानुनविपरीत यातायात मन्त्रालय, रेल विभागको महानिर्देशक बलराम मिश्र, कथित सिन्डिकेटधारी ठेकेदार एवम् कम्पनी शर्मा एन्ड कम्पनीका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्पनीका जिपछिरिङ लामालगायतको गिरोहले ६ अर्बभन्दा माथिको कमिसनको खेल र सेटिङमा नेपाली जनताको सम्पत्ति लुटखसोट गर्ने डिजाइन गर्दा र सञ्चार माध्यममा छताछुल्ल हँुदासमेत सरकार नसुनेझैँ गरिरहेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी भ्रष्टाचार समेत माथ गर्ने र रेल भ्रष्टचार र कमिसन काण्ड कुनै पनि मूल्यमा सैह्य नहुने कुरा हाम्रो पाटी स्पष्ट पार्दछ । भनिएको छ ।

यस्तै विज्ञप्तिमा प्रचण्डका घरबेटी शारदा प्रसाद अधिकारीको शैलुगं कन्सट्रक्सन र होबिको मल्टिपल कम्पनीका होमनाथ कोईरालालाई दर्जनौ बाटो र पुल अलपत्र पारेको अवस्थामा समेत मलको ठेक्का दिएकोमा आक्रोस व्यक्त गर्दै प्रकाण्डले उनीहरुलाई समेत कार्बाही गर्ने चेतावनी दिएका छन् ।

पार्टीले कार्बाही गरे पछि राज्यले कानुन हातमा लिएको भनेर आरोप लगाउने नपाउने पनि प्रकाण्डले बताएका छन् ।
हेर्नुस् विज्ञप्तिः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ