गरुडा हिरासत मृत्यु प्रकरण : ‘न्याय देउ’ भन्दै चन्द्रनिगाहपुरमा प्रदर्शन

गरुडा हिरासत मृत्यु प्रकरण : ‘न्याय देउ’ भन्दै चन्द्रनिगाहपुरमा प्रदर्शन

  • शनिबार, भदौ २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

रौतहट , २० भदौ ।
दोषीलाई कारबाही र ‘न्याय देउ’ भन्दै निरन्जन, बिजय हत्याकाण्ड संघर्ष समितिले शनिबार चन्द्रनिगाहपुरमा प्रदर्शन गरेको छ । कोभिड १९ को संक्रमणका कारण जिल्लाभरी निषेधाज्ञा जारी रहे पनि संघर्ष समितिले आन्दोलनलाई जारी राखेको हो । प्रदर्शनका क्रममा उनीहरुले प्रहरीविरुद्ध चर्का नारा लगाए ।

गरुडा नगरपालीका ८ जिंगडीयाका २० वर्षीय निरन्जन रामको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय बिजय महरालाई पक्रेर हत्या स्वीकार्न यातना दिँदा मृत्यु भएको भन्दै यहाँ दिनहुँ प्रदर्शन भइरहेको छ ।

बिजयको वीरगन्जमा भदौ १० गते उपचारका क्रममा मृत्यु भएको थियो । पोस्टमार्टमका लागि काठमाडौं लगिएको शव जिल्ला ल्याइएको छैन ।

निरन्जनको साउन ३१ गते राति घाँटी रेटेर हत्या भएको थियो । प्रहरीले हत्यामा संलग्न भएको भन्दै सोही गाउँका ७ जनालाई पक्रेर कर्तब्य ज्यान मुद्दा चलाइसकेको छ ।

पीडितले हत्यामा संलग्न भनेर समातेकामध्ये बिजय लगायत ५ जना निर्दोष भनिरहेको अवस्थामा प्रहरीले हत्या कबुल गराउन हिरासतमा यातना दिएर बिजयको मृत्यु भएपछि आन्दोलन चर्केको हो ।
घटनामा बिजयलाई यातना दिने प्रहरी ईन्स्पेक्टर नविनकुमार सिंह लगायत ३ जना निलम्बन भइसकेका छन् ।

पीडितले हत्याको निष्पक्ष छानबिन, हत्यामा संलग्न केही फरार रहेकाहरुलाई पक्राउ गर्नुपर्ने, क्षतिपूर्ति, मृतकलाई सहिद घोषणा लगायतका माग राखेर आन्दोलन गरिरहेका छन् ।
पीडित परिवारले घटनामा बिजय लगायत ५ जना निर्दोषलाई फसाउन खोजिएको भन्दै अन्यलाई बिना सर्त रिहा गरिनु पर्ने माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ