भदौ २० काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना महिला रहेका छन । यस्तै काठमाण्डौका तीन जना रहेका छन् । तीन जना महिलामा बिराटनगरकी४३ बर्षीया, मकवानपुरकी ५२, नवलपरासीकी ३७ बर्षीया रहेका छन् ।
यस्तै पुरुषहरुमा काठमाण्डौको ४१, ५९ ६५ बर्षीय, पर्सामा ७५ बर्षीय, महोत्तरी ७८ बर्षीय र रुपन्देहीको ६५ बर्षका रहेका छन् ।
यो सगैँ नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ ।
अझै पनि भेन्टिलेटरमा २७ जना र आईसियुमा एक सय ६७ संक्रमित रहेका छन् ।
नेपालमा कोरोनाबाट संक्रमितको संख्या ४५ हजार २ सय ७७ जना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline