बुटवलका प्रयोगशालाको कोरोना परीक्षण रिर्पोट: एउटामा पोजेटिभ, अर्कोमा नेगेटिभ , मानिसमा प्रयोगशालाप्रतिको विश्वास टुट्दै 

बुटवलका प्रयोगशालाको कोरोना परीक्षण रिर्पोट: एउटामा पोजेटिभ, अर्कोमा नेगेटिभ , मानिसमा प्रयोगशालाप्रतिको विश्वास टुट्दै 

  • शनिबार, भदौ २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

बुटवल , २० भदौ ।
बुटवलका दुइ प्रयोगशालामा गरिएको एउटै व्यक्तिको कोरोना रिर्पोट फरक-फरक आएपछि मानिसहरुमा भ्रम पैदा भएको छ ।
दुइओटा प्रयोगशालाले एउटै व्यक्तिको कोरोना रिर्पोट फिरक-फरक दिएपछि मानिसको प्रयोगशालाप्रतिको विश्वास घटेको छ ।

प्रादेशिक प्रयोगशाला भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र नेशनल प्याथल्याब बुटवललाई पिसिआर परीक्षणको अनुमति छ।
तर बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र नेशनल प्याथ ल्याबमा एउटै व्यक्तिको स्वाब परीक्षणको रिपोर्ट एउटामा पोजिटिभ र अर्कोमा नेगेटिभ आएको छ।

गत अगष्ट २३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब संकलन गरी परीक्षण गरेका बुटवलका २० वर्षीय पुरूषको पिसिआर गर्दा कोरोना पोजेटिभ देखायो। उनको स्वाब नमूना नम्बर ८६९७ हो।

उनले भोलिपल्ट नेसनल प्याथ ल्याबमा फेरि स्वाब परीक्षण गराएका थिए। १२२२ आइडी नम्बर भएका उनको रिपोर्ट नेगेटिभ आयो।
उनले अर्को दिन अगष्ट २५ मा नेशनल प्याथ ल्याबमा फेरि परीक्षण गरे। आइडी नम्बर १३७४ भएका उनको रिपोर्ट नेगेटिभ नै आयो।

तर त्यसको भोलिपल्ट अगष्ट २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भने उनको रिपोर्ट पुनः पोजिटिभ नै आएको थियो।

प्रयोगशालाको नमूना नम्बर १०८३७ बाट २६ अगष्टमा गरिएको उनको पिसिआर रिपोर्टको नतिजा पोजिटिभ आएपछि उनी अहिले आइसोलेनमा छन्।

एउटा प्रयोगशालामा नेगेटिभ र अर्कोमा पोजेटिभ आएको कारण आफू संक्रमित हो कि होइन भन्ने नै पहिल्याउन नसकेको उनको भनाइ रहेको छ ।

यस्तै समस्यामा छन् रुपन्देहीकै रोहिणी गाउँपालिकाकी १३ वर्षीया बालिका।
उनको पनि दुइटा ल्याबमा परीक्षण गर्दा एउटामा पोजेटिभ अर्कोमा नेगेटिभ आयो।

अगष्ट २९ मा लुम्बिनी प्रादेशिक अस्पतालको नमूना नम्बर ११६३४ बाट गरिएको पिसिआर परीक्षणको रिपोर्टमा पोजिटिभ छ।
दुई दिनपछि नेसनल प्याथ ल्याबमा परीक्षण गर्दा  १४७१ आइडी नम्बर भएकी उनको रिपोर्ट नेगेटिभ आयो।

यस्तो अन्यौलमा रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर १२ मा बस्ने महोत्तरी पिपरा गाउँपालिकाका ३७ वर्षीय पुरूष पनि छन्।
उनले फरकफरक ल्याबमा गराएको परीक्षणको नतिजा पनि फरक नै आयो, एउटामा पोजेटिभ, अर्कोमा नेगेटिभ।

रुपन्देहीको एप्पल इन्टरनेशनल फर्मास्युटिकलमा काम गर्ने उनले गत आइतबार लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालाको नमूना नम्बर १२५०४ बाट संकलन गराएको स्वाबको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।
उनी उक्त रिपोर्टबाट सन्तुष्ट भएनन्। भोलिपल्ट नेशनल प्याथ ल्याबमा परीक्षण गर्न पुगे। उक्त ल्याबको परीक्षणबाट उनमा कोरोना नेगेटिभ देखियो।

‘एउटामा पोजेटिभ आएपछि क्रसचेकका लागि अर्कोमा गएको त्यहाँ नेगेटिभ पो देखायो,’ उनले भने, ‘म अन्यौलमा छु। बस्न त आइसोलेसनमै बसेको छु।’

पिसिआर परीक्षणको लागि सरकारले अनुमति दिएका दुइटा प्रयोगशालाको रिपोर्ट फरकफरक आएपछि झन् जोखिम बढेको छ।

रिपोर्ट फरक आएकोले आइसोलेसन बस्ने कि नबस्ने अन्यौलमा परेको परीक्षण गराउने व्यक्तिहरू बताउँछन्।

भैरहवास्थित प्रादेशिक प्रयोगशालाका प्रमुख डा। राजेन्द्र गिरीले स्वाब संकलन गरेको समय, प्रकृया र परीक्षण गर्ने किटको आधारमा पनि कहिलेकाहीँ प्रयोगशालाहरूमा फरकरफरक रिपोर्ट आउन सक्ने बताए।

उनले बुटवलका प्रयोगशालाहरूमा यस्तो समस्या आएको आफूले पनि जानकारी पाएको बताए।

एउटै मानिसको आज र भोलि स्वाब परीक्षण गर्दा भाइरसहरूको संख्या थपघट हुने र प्रयोगशालाहरूले त्यसैको आधारमा रिपोर्ट दिने हुँदा फरकरफरक रिपोर्ट आउने उनको तर्क छ।

गिरिले एउटा प्रयोगशालामा पोजेटिभ रिपोर्ट आएपछि आइसोलेसनमा बस्नुको सट्टा नेगेटिभ रिपोर्टको खोजीमा हिँड्नु गलत भएको बताए।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्प खनाल पनि प्रयोगशालामा स्वाब संकलन महत्वपूर्ण हुने र त्यसैको आधारमा नतिजा आउने बताउँछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ