विराटनगर र वुटवलमा गरी ४ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर र वुटवलमा गरी ४ जना कोरोना संक्रमितको मृत्यु

  • शनिबार, भदौ २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

भदौ २० विराटनगर, वुटवल । कोरोनाका कारण देशभर लगातार मृत्यु हुनेको संख्या बढीरहेको छ । यसै क्रममा बिराटनगर र वुटवलमा गरी चार जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसबाट संक्रमित विराटनगरका दुई महिलाको उपचारका क्रममा हिजो राति मृत्यु भएको छ। एक जनाको विराटनगरस्थित कोशी अस्पताल र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । कोशी अस्पतालमा मृत्यु भएकी महिलाको भने शनिबार बिहान मात्रै रिपोर्ट पोजिटिभ आएको छ।
ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया महिलालाई उपचारका लागि शुक्रबार दिउँसो ३ बजेतिर कोशी अस्पताल लगिएको थियो। आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकी उनको साँझ साँझ बजेतिर मृत्यु भएको अस्पतालका वरिष्ठ फिजिसियन एवं आइसोलेसन संयोजक डा.लक्ष्मीनारायण यादवले जानकारी दिए।

स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकी मृतक महिलाको मृत्यु भएको १२ घण्टापछि रिपोर्ट पोजिटिभ आएको थियो ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत विराटनगर हानगरपालिका–११ की ४३ वर्षीया संक्रमित महिलाको हिजै साँझ साढे ६ बजे मृत्यु भएको छ। प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार पेट र छात्ती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्युरो अस्पतालले महिलालाई थप उपचारका लागि प्रतिष्ठान पठाएको हो।
उनी उच्च रक्तचापको पीडित समेत थिईन् । स्वाब संकलन गरेर प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि मृतकमा भदौ १७ गते कोरोना पुष्टि भएको थियो।
यसै गरी बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ ।
नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।

नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र स्वासप्रस्वासको समस्या रहेका दुबैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ