ललितपुर महानगरका यी क्षेत्रमा छ दिनसम्मका लागी पाँच जनाभन्दा बढी भेला हुन पाइदैन (आदेश सहित)

ललितपुर महानगरका यी क्षेत्रमा छ दिनसम्मका लागी पाँच जनाभन्दा बढी भेला हुन पाइदैन (आदेश सहित)

  • शुक्रबार, भदौ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

ललितपुर , १९ भदौ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरभित्र ६ दिनसम्म पाँच जनाभन्दा बढी भेला हुन नपाइने बताएको छ ।
कर्फ्यू आदेश सकिनुअघि ललितपुर जिल्ला प्रशासनले अर्को सूचना जारी गरी सो कुरा जनाएको हो।

ललितपुर नगरपालिकाभित्र शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले स्थानीय प्रशासन ऐन २०२८ अनुसार बढी मानिस भेला जम्मा हुन नपाउने गरी निषेधाज्ञालाई नै कडा बनाइएको बताए।
‘निषेधाज्ञालाई कडाइसाथ पालना गर्ने गरी हाललाई पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी कर्फ्यू खुलाउने निर्णय भएको छ,’ उनले भने।

भट्टका अनुसार भेला हुन नपाउने केही स्थानहरू लिखित रुपमै तोकिएको छ।
जसअनुसार रातो मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिका कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड)र उत्तर बखुण्डोल चोकमा जम्मा हुन पाइने छैन।

यस्तै, मीननाथको रथ रहेको आसपास क्षेत्र-पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिण पूर्णचन्डी मन्दिर र उत्तर पिपवहालसम्म भेला जम्मा हुन पाइने छैन।

बिहीबार रातो मच्छिन्द्रनाथको रथ जबरजस्ती तानेर स्थानीयले पुल्चोकसम्म ल्याएपछि झडप भएको थियो। सयौं मानिसहरू निस्केपछि शुक्रबार प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो।

शुक्रबार क्षमापूजा भएपछि स्थिति सामान्यतर्फ जाने संकेत मिलेको भन्दै प्रशासन यो निर्णयमा पुगेको प्रजिअ भट्टले बताए।

बिहिबारको झडप नियन्त्रनमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरद्वारा जारि आदेश :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ