युएईबाट काठमाडौंको लागि हुने थप १० उडानको तालिका सार्वजनिक , ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट आवश्यक

युएईबाट काठमाडौंको लागि हुने थप १० उडानको तालिका सार्वजनिक , ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट आवश्यक

  • शुक्रबार, भदौ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 26.4K
    SHARES

युएई ।
युएईस्थित नेपाली दूतावासले आज एक सूचना जारी गर्दै सयुक्त अरब इमिरेट्स (युएई)बाट काठमाडौंको लागि थप १० उडान हुने जनाएको छ । दूतावासले एक सुचना जारि गर्दै उडान तालिका सार्वजनिक गरेको हो।
दूतावासले यस अघि गत बुधवार ५ देखि ३० सेप्टेम्बरसम्म १८ वटा नियमित उडान हुने सूचना प्रकाशित गरेको थियो।

दूतावासको तथ्याङ्क हेर्दा कुल कामदार मध्ये १८ प्रतिशत नेपाली नेपाल फर्कन चाहन्छन् । हालसम्म दूतावासमा नेपाल फर्कन चाहने नेपालीको संख्या ४६ हजारको हाराहारीमा छ ।

नेपाल सरकारले सेप्टेम्बर ५ देखि ३० तारिखसम्म नेपाली नागरिक र तोकिएका विदेशी पर्यटकलाई मात्रै नेपाल लैजाने गरि नियमित रुपमा युएई–काठमाडौं उडान सञ्चालन गर्ने निर्णय गरेपछि दूतावासले आज शुक्रवार सूचना जारी गर्दै सेप्टेम्बरसम्मको उडान तालिका सार्वजनिक गरेको हो ।

दूतावासले नेपाल जानका लागि आफूलाई पायक पर्ने मिति र एयरलाइन्सबाट टिकट लिन सकिने पनि जनाएको छ ।युएईबाट नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट समेत साथमा लिनुपर्ने दूतावासको जारी सूचनामा जनाइएको छ ।

यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेर तत्पश्चात उत्पन्न हुने बारकोड वा प्रिन्ट कपी अनिवार्य रुपमा लिएर जानुपर्ने सूचनामा उल्लेख छ। यात्रुले नेपाल फर्किएपछि अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ।

थप १० उडान मध्ये हिमालय एयरलाइन्स ५,फ्लाइ दुबई ३ र एयर अरेबियाले ३ उडान भर्नेछन्।भने नेपाल एयरलाइन्सको १ उडान कटौती गरिएको छ।

नेपाल एयरलाइन्सले सेप्टेम्बर ६, ८, १३, १५, २०, २२ र २७ मा दुबईबाट उडान भर्ने भएको छ । हिमालय एयरलाइन्सले अबुधाबीबाट सेप्टेम्बर ५,८,१२, १५ १९,२१,२२,२६ र २९ एयर अरेबियाले सेम्टेम्बर ६,१३,१८,२०,२७ र ३० मा सारजाहबाट उडान भर्ने छ भने फ्लाइ दुबईको जहाज सेप्टेम्बर ८,११,१५,२२,२५ र २९ मा दुबईबाट काठमाडौंको लागि उडान भर्नेछन्।

युएईस्थित नेपाली दूतावासले आज जारी गरेको सुचना :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ