काठमाडौँ , १९ भदौ ।
रातो मच्छिन्द्रको रथ तान्नेक्रममा बिहीबार ललितपुरको पुल्चोकमा भएको स्थानिय र प्रहरीबिचको झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिए।
कोरोना संक्रमण पुष्टि भएका उनीहरु १८ जना बिहीबारको झडपमा खटिएका प्रहरी रहेका छन् ।
‘५५-५६ जनाको पिसिआर टेष्ट गराएका थियौं। त्यसमा अहिलेसम्म १८ जनाको आएको हो। अरूको रिपोर्ट आउने क्रममा छ’, उनले भने।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline