भदौ १९ काठमाण्डौं । नेपालमा आज देशभर गरी १३ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् ।
विभिन्न प्रयोगशालामा १३ हजार ६ सय ३८ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगैँ देशभर अहिले सम्म कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । त्यस मध्य सक्रिय संक्रमित १८ हजार ७ सय ४ संख्या पुगेको छ ।
त्यस मध्य १० हजार ९ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्य ७ हजार ४ सय ६२ जना आईसोलेसनमा छन् भने जना होम आईसोलेसनमा रहेका छन् ।
कोरोनाबाट अहिले सम्म २५ हजार ६ सय ६१ जना डिस्चार्ज भएका छन् । १३ सय ५४ जना २४ घण्टामा डिस्चार्ज भएका छन् ।
अब क्वारेन्टाईनमा ६ हजार ५ सय ६१ जना रहेका छन् । आईसीयुमा एक सय ५१ जना संक्रमित रहेका छन् भने भेन्टिलेटरमा २६ जना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline