वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने नेकपा सचिवालयकाे निर्णय, अर्थमन्त्री खतिवडाकाे पद धरापमा !

वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने नेकपा सचिवालयकाे निर्णय, अर्थमन्त्री खतिवडाकाे पद धरापमा !

  • बिहिबार, भदौ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौँ, १८ भदौ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त एक पदमा मनोनयन गर्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् । भदौ २० भित्र राष्ट्रिय सभामा रिक्त रहेको एक पदमा मनोनित गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार सरकारले गौतमको नाम सिफारिस गर्ने भएको हो।

बिहीबार दिउँसो बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले गौतमको नाम राष्ट्रियसभाको रिक्त एक पदमा मनोनयन गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएको प्रवक्ता नारायण्काजी श्रेष्ठले बताए।

फागुन १४ मा बसेको सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने औपचारिक निर्णय गरेपनि प्रधानमन्त्री ओलीले उक्त निर्णय नमान्ने बताएपछि निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

सरकारको यो निर्णयसँगै अर्थमन्त्री डा. युवराज खतिवडाको अर्थमन्त्री पद धरापमा परेको छ।

ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिन खोजेका थिए । तर, गौतम आफैँले राष्ट्रियसभामा जाने चाहना व्यक्त गरेपछि ओली दबाबमा परेका थिए ।

यस्तै, राष्ट्रिय सभाका कुनै एक मनोनित सदस्यलाई फिर्ता बोलाएर खतिवडालाई निरन्तरता दिने भन्ने बिषयबारे संचारकर्मीले सोधेको प्रश्नमा प्रवक्ता श्रेष्ठले त्यसबारे प्रधानमन्त्रीले केही नभनेको बताए ।

उनले बैठकमा कार्यदल प्रतिवेदनमा छलफल गरी ठोस कार्ययोजना बनाई प्रस्ताव प्रस्तुत गरिने पनि बताए । उनले स्थायी कमिटी बैठक उपयुक्त समयमा छिटोभन्दा छिटो बोलाइने जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने,’कार्यदलबाट प्रस्तुत प्रतिवेदनका महत्त्वपूर्ण सुझावलाई आधार बनाएर साथै आज सचिवालय बैठकमा व्यक्त विचारलाई ध्यान दिई अध्यक्षले पार्टी, सरकारका सन्दर्भमा र स्थायी कमिटीको चालु बैठकमा प्रस्तुत कार्यसूचीका सम्बन्धमा निर्णय गर्न आवश्यक प्रस्ताव तयार गर्न गृहकार्य गरिने र स्थायी कमिटी बैठकमामा समेत छलफल हुनेछ । त्यहाँ भएको छलफल र सुझावलाई ध्यान दिई अध्यक्ष कमरेडले नयाँ ठोस कार्ययोजनासहितको निर्णय प्रस्तावलाई अन्तिम मस्यौदाको रुप दिई सचिवालयमा प्रस्तुत गर्नुहुनेछ ।’

उक्त मस्यौदा सचिवालयबाट स्थायी कमिटी बैठकमा निर्णयार्थ पेश गरिने छ । संविधानको धारा ७८ को उपधारा १ बमोजिम खतिवडा गैह्र सांसदका रुपमा मन्त्री बनेका थिए। संघीय संसदको सदस्य नरही पनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधान अनुरुप खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिइएको थियो। सोही समयदेखि उक्त पद खाली रहेको थियो।

सरकारको आजकाे यो निर्णयले खतिवडा पुनः अर्थमन्त्री बन्ने बाटो तत्कालका लागि बन्द भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ