कोरोना जीतेर आज ९ सय १७ जना घर फर्कन सफल

कोरोना जीतेर आज ९ सय १७ जना घर फर्कन सफल

  • बिहिबार, भदौ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

भदौ १८ काठमाण्डौं । बीचमा केही प्रतिशत घटेको भए पनि कोरोना संक्रमणबाट मुक्त भएर घर फर्कनेको संख्या बिस्तारै बढ्न थालेको छ । आज थप ९ सय १७ जनाले देशभरबाट कोरोना जीतेर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सगैँ कोरोना जीत्नेको कुल संख्या २४ हजार ७ सय ७८ पुगेको छ । यो भनेको कुल संक्रमितको ५६ प्रतिशत भन्दा बढी हो ।
यस अघि ७२ प्रतिशत सम्म संक्रमित नेपालमा निको भएका थिए । तर पछि समुदाय स्तरमा कोरोना देखिए पछि र लक्षण सहितका बिरामी थपिन थाले. पछि भने निको हुने क्रम घटेर ५५ प्रतिशतमा झरेको थियो ।

नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ भने यसबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ