भिसी प्राप्त तुलबहादुर पुनका नाममा बेलायतमा रेल सेवा नामकरण

भिसी प्राप्त तुलबहादुर पुनका नाममा बेलायतमा रेल सेवा नामकरण

  • बिहिबार, भदौ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

१८ भदौ ।
बेलायतको एक रेल सेवा ग्रेट वस्टन रेलवेले भिक्टोरिया क्रसप्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ । दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्ष पुगेको उपलक्ष्यमा उहाँको सम्मानस्वरूप नाम उल्लेख गर्ने जनाइएको छ।

दोस्रो विश्वयुद्धमा आफ्नो बहादुरी देखाउनुभएका पुन भिसी पाउँदा केवल २१ वर्षको हुनुहुन्थ्यो ।
उक्त रेलसेवाका सञ्चार शाखाका एक अधिकृत डान पान्सले यसअघि अन्य व्यक्तिहरूलाई सम्मान गरिसकेको र यो पटक तुलबहादुर पुनलाई सम्मान गर्ने बताउनुभयो । उहाँले पुनलाई सम्मान गर्न पाउँदा हर्षित भएको बताउनुभयो ।

गोर्खा वेलफेयर ट्रष्टका एडम वेन्थमले गोर्खा सैनिकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले बर्मामा मात्रै सात वटा भिसी प्राप्त भएको भन्दै भिसी पाउनेमा तुलबहादुर पुन पनि एक रहनुभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो देशले गोर्खाहरूको धेरै ऋण तिर्न बाँकी छ, यो सम्मानलाई सच्चा सम्मानका रूपमा लिएका छौँ ।”

गोर्खाहरूको मागलाई बेलायत सरकारसामु राखी त्यसलाई निरन्तररूपमा दवाब दिने ट्रष्टका संरक्षक जोअना लुम्लेले आफ्ना बुबासँग बर्मामा एकसाथ लडेका भिसी तुलबहादुर पुन र लछिमान गुरुङसगँको भेट कहिलै भुल्न नसक्ने र स्वतन्त्रताका लागि आफ्नो जागिरभन्दा माथि उठेर गरेको योगदानप्रति बेलायतीहरू ऋणी रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ