रौतहट पुजारी हत्या प्रकरण: तिन कारणले हत्या भएको, प्रहरीद्वारा अभियुक्तलाइ सार्वजनिक

रौतहट पुजारी हत्या प्रकरण: तिन कारणले हत्या भएको, प्रहरीद्वारा अभियुक्तलाइ सार्वजनिक

  • बुधबार, भदौ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

रौतहाट , १७ भदौ ।
रौतहटको हनुमान मन्दिरका पुजारी श्रीराम शाहको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई अभियुक्तलाइ प्रहरीले सार्वजनिक गरेको छ । अभियुकतहरु देवाही गोनाही नगरपालिका–१ घर भएका रामनरेश पटेल र सोही ठाउँका बालकुमार पटेल रहेका छन् ।

उनीहरुलाइ रौतहटको बौधिमाई नगरपालिका–७ वडकी बंकुल एरियाबाट पक्राउ गरेको २ नम्बर प्रदेशका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।

अनुसन्धान गर्दा ‘नरेश पटेलले कटुवा पेस्तोल प्रयोग गरी पुजारी साहको हत्या गरेको सिंहले बताए । ,उनले भने, ‘त्यस्तै बालकुमार पटेलले घटनास्थित बसेर मानिसको आवत जावतलाई निगरानी गरेको थियो ।’

यस्तै घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको अपराधीको खोजी कार्य भइरहेको सिंहले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत रौतहटबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हत्या गर्नुको मुख्य कारण यस प्रकार रहेको छ :

१. राम नरेश पटेलको बुबाले पुजारीसँग रकम ब्याजमा लिएको र रकम तिर्ने क्रममा बारम्बार विवाद भइरहने गरेको ।

२.गाउँमा विभिन्न विषयहरुमा छलफल हुँदा मृतक पुजारीले फरक मत राख्ने क्रममा पुजारी र राम नरेश पटेललबीच विवाद भएको छ ।

३. मृतक पुजारीको मन्दिर नजिक ३ वटा रक्सी पसल रहेको र रक्सी सेवन पश्चात मन्दिरको धारामा आई खुट्टा धुन, पानी खाने र घटना हुनुभन्दा तीन दिनअघि पनि नरेश र पुजारीबीच विवाद भएको ।

मन्दिर परिसरमा अज्ञात ब्यक्तिले गोली हानेर हत्या गरेका पुजारीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन हिन्दुवादी संगठनले दवाव दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ