चम्ल्याहा बच्चालाइ जन्म दिएकी आमाको निधन

चम्ल्याहा बच्चालाइ जन्म दिएकी आमाको निधन

  • बुधबार, भदौ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

जनकपुरधाम , १७ भदौ ।
मंगलबार चम्ल्याहा बच्चा जन्माएकी धनुषाकी महिलाको मृत्यु भएको छ।
प्रसूति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रियामार्फत् चार बच्चाहरू निकालेकी हुन्।

उनले यसलाई ‘दुर्लभ’ घटना बताएकी छन्।

चम्ल्याहा बच्चालाइ जन्म दिएपछि अरमानाको अवस्था भने गम्भीर भएको थियो,त्यसपछि उनलाइ डाक्टर अजय यादवको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। । उनको फोक्सोमा पानी तथा रगत जमेर पलमन्ड्री एडिमा भएको थियो ।
उपचारका क्रममा उनीमा मुटुमा पनि समस्या देखिएपछि बुधबार दिउँसो उनको मृत्यु भएको काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंहले जानकारी दिनुभयो ।

अरमानाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि शव परिवारले बुझेको छ।

शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरूको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ।

तीन बच्चाको स्वास्थ्य अवस्था सामान्य रहे पनि एक जनाको अवस्था भने अस्थिर देखिएको डाक्टर सिंहले बताए।

‘सबै बच्चालाई अहिले एनआइसियुमा राखेका छौं,’ उनले भने।

अरमानाले शल्यक्रियामार्फत् मंगलबार राति तीन छोरी र एक छोरालाई जन्म दिएकी थिइन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ