ओली र प्रचण्डबिच बालुवाटारमा भेटघाट

ओली र प्रचण्डबिच बालुवाटारमा भेटघाट

  • बुधबार, भदौ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौँ , १७ भदौ ।
नेकपाको केन्द्रीय सचिवालय बैठकको एकदिन अघि (आज) नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
प्रचण्ड बुधबार ५ बजे ओलीलाइ भेटन् बालुवाटार पुगेको स्रोतले जनाएको छ ।

नेकपाको सचिवालय बैठक बिहीबार ११ बजे बस्दैछ । उक्त बैठकमा विवाद समाधान गर्न गठित कार्यदलले दिएको प्रतिवेदनका बारेमा छलफल हुने एजेण्डा तय भएको छ । तर, भोलिको बैठकमा उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभामा जान तयार रहेको समाचार सार्वजनिक भएकाले त्यसबारे समेत छलफल हुनेछ ।

यसअघि राष्ट्रिय सभामा जान अस्वीकार गरेका गौतमले सोमबार पुनस् आफू राष्ट्रिय सभामा जाने इच्छा प्रकट गरेपछि रिक्त एक पदमा कसलाई पठाउने भन्ने नेकपामा मत बाझिएको छ ।

प्रधानमन्त्री केपी ओली गौतमले राष्ट्रिय सभामा नजाने भएको खण्डमा हालका अर्थमन्त्री समेत रहेका युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा भएपनि गौतमले पुनस् जाने बताएपछि ओली अप्ठेरोमा परेका हेन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ