काठमाडौँ , १७ भदौ ।
पछिल्लो २४ घण्टामा एघार सय १२ जनाले कोरोना लाइ जितेर घर फर्किएका छन् । आज पछिल्लो २४ घण्टामा एघार सय १२ जनाले कोरोना जितेको स्वास्थ्य मन्त्रालयको आजको प्रेस ब्रिफिंगका क्रममा मन्त्रालयका प्रवक्ता डा.गागेश्वर गौतमले जानकारी दिनुभयो ।
आज एघार सय १२ जनाले कोरोना जितेसगै नेपालमा कोरोना मुक्त भइ घर फर्कनेको संख्या २३ हजार दुइ सय ९० पुगेको छ ।
नेपालमा कुल संक्रिमत मध्य ५६ प्रतिशतले कोरोना जितेका छन् ।
प्रवक्ताका अनुसार हाल १८ हजार एक सय आठ ओटा सक्रिय केस रहेको छ ।
यसैगरी छ हजार सात सय ६६ जना क्वारेन्टिनमा रहेका छन् ।
आइसोलेसनमा बस्नेको संख्या १८ हजार एक सय आठ रहेको प्रवक्ता गौतमले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline