पर्सा, १७ भदौ ।
बारा र पर्सामा ११९ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । जसमध्ये नेपाल फर्मासिटिकल्स ल्याब्रोटरी प्रालीका ६९ कर्मचारीमा कोारेना पुष्टि भएको हो । २५७ जना कर्मचारीको स्वाब पिसिआर विधिबाट गरिएको परिक्षणका क्रममा ६९ जनाको रिपोर्ट यहि भदौ १४ गते आएको हो ।
जसमा पर्साका ४५ जना र बाराका २४ जना रहेका छन् । पर्साका अधिकांश संक्रमित सामुदायीक आइसोलेसनमा रहेको पर्सा प्रहरी प्रमुख एसपि गंगा पन्तले जानकारी दिईन् ।
यता बाराका २४ जना संक्रमितहरु भने अधिकाशं होम आइसोलेनमा नै रहेको स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार संक्रमितहरुको खोजी गरिराखिएको छ । समयमा नै संक्रमितको बारेमा जानकारी नगराईदा कन्ट्रयाक ट्रेसिङमा समस्या उत्पन्न भएको यादवको भनाई छ ।
यसअघि भदौ १४ मा १० जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी ईडिसिडि मार्फत प्राप्त भएकोमा ३ जना मात्रै बाराको र अन्या पर्साका संक्रमित रहेको पाईएको थियो । जुन संक्रमितहरु नेपाल फर्मासिटिकल्स ल्याब्रोटरीका कर्मचारी थिए । त्यसपछि मंगलवार थप २१ जनाको रिपोर्ट स्वास्थ्य कार्यलय बारामा पुगेको थियो । स्रोतका अनुसार ती मध्ये तीन जना १४ भदौमा पठाईएको १० जनाभित्रका बाराका ३ जनाको पनि नाम समावेश थियो ।
त्यसपछि संक्रमितको कन्ट्याक ट्रेसिङका लागि खोजी गर्दा थप ३ जना सहित बाराका २४ जनाको रिपोर्ट पोजेटिभ आएको पाईएको स्रोत बताउछ ।
नेपाल फर्मासिटिकल्स ल्याब्रोटरीले आफ्ना कर्मचारीमा कोारेना पोजेटिभ भएको पुष्टि भएपनि सहजीकरण नगरिदिदाँ संक्रमितहरु घरमा नै बसिरहेका छन् । कोरोना पोजेटिभ भएको रिपोर्ट आइसक्दा पनि सम्बन्धिन निकायले समयमै पूर्ण विवरण नदिदा उनीहरुको कन्ट्याक ट्रेसिङमा समेत समस्या भएको प्रमुख यादवले बताएका छन् ।
यता मिर्मिरे अनलाईनसँग कुरा गर्दै नेपाल फर्मासिटिकल्स ल्याब्रोटरीका सुरेन्द्र शाहले २५७ कर्मचारीको स्वाब परिक्षण गर्दा ६९ जनाको रिपोर्ट पोजेटिभ आएको र सो को जानकारी प्रहरीलाई गराईएको बताए । संक्रमितहरु कुन अवस्थामा छन् भन्नेबारेमा भने आफुहरुलाई थाहा नहुने र प्रहरीलाई बुझ्न जवाफ दिए ।
यस्तै नारायणि अस्पतालमा गरिएको परिक्षणका क्रममा आज थप ५० जनामा संक्रमण पुष्टि भएको छ । नारायणि अस्पतालमा १ सय ५५ जनाको कन्ट्रयाक ट्रेसिङबाट गरिएको स्वाब परिक्षणका क्रममा ५० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
जसमा २६ जना पुरुष तथा २४ जना महिला रहेका प्रमुख यादवले जानकारी दिए ।
यसैबीच, बारा सिम्रौनगढ नगरपालिका–९ का ९७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका उनको मंगलबार राति एक बजेको समयमा मृत्यु भएको डा.निरजकुमार सिंहले जनाए ।
पुरानो मुटु रोग र उच्च रक्तचाप रहेका वृद्धको शरीरमा सोडियमको मात्र कम रहेकोले उपचार भईरहेको थियो । वीरगन्जकै तराई हस्पिटलबाट आइतबार ती वृद्ध नारायणीमा रिफर भएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले गत शुक्रबार ती वृद्धलाई तराई अस्पताल पुगाएका थिए ।