सात बर्षिय छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सात बर्षिय छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

  • बुधबार, भदौ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

१७ भदौ, काठमाडौं । प्रहरीले सात वर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा बाबुलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त, बानेश्वरले मंगलबार साँझ ४० वर्षीय ती व्यक्तिलाई पक्राउ गरेको हो । पीडितको परिचय खुल्ने भएकाले पक्राउ पर्ने व्यक्तिको नाम गोप्य राखिएको बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
आमाले जबरजस्तीकरणी सम्बन्धी कसूरमा किटानी जाहेरी दिएपछि ती व्याक्तिलाई पक्राउ गरेर अनुसन्धान थालिएको बस्नेतले बताएका छन् । आजै जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

बालिकाले यौनाङ्ग दुख्यो भनेपछि आमाले उपचारका लागि अस्पताल लगेको र त्यसक्रममा बाबुले सात महिनादेखि पटकपटक बलात्कार गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ