त्रिवि शिक्षण अस्पतालमा उपचाररत काेराेना संक्रमित युवतीकाे मृत्यु

त्रिवि शिक्षण अस्पतालमा उपचाररत काेराेना संक्रमित युवतीकाे मृत्यु

  • बुधबार, भदौ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

दमाैली, १७ भदाै । व्यास २ कालिका मार्गकी एक युवतीको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

किड्नीको उपचारका गराईरहेकी उनको आज मृत्यु भएको हो । सुरुमा पीसीआर रिपोर्ट नेगेटिभ देखिए पनि पछि भने उनमा कोरोना संक्रमण देखिएको छ। पारिवारिक श्रोतका अनुसार युवती यसअघि बाथको औषधि सेवन गर्थिन् ।

उनका बुवाका अनुसार बिरामी परेपछि उनलाई भाद्र ४ गते काठमाडौंको अल्का अस्पताल लगिएको थियो । अल्काले किड्नी फेल भएको र अवस्था जटिल भएको भन्दै १६ गते बिहान त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो । त्यहीं उपचारका क्रममा बुधबार उनको मृत्यु भएको बताइएको छ ।

परिवारका अनुसार अघिल्लो दिन लिइएको स्वाबको नतिजा बुधबार बिहान पोजिटिभ आयो भनेर चिकित्सकले जानकारी गराएका थिए । उनको राजधानीमा सेनाले बुधबार नै अन्त्येष्टि गरेको बताइएको छ ।

व्यास २ का वडाध्यक्ष काशिराम श्रेष्ठले युवतीको निधनपछि परिवारका तीन सदस्य होम आइसोलेसनमा रहेको बताए। युवतीका बुवाको कोरोना परीक्षण नभए पनि आमाको भने यसअघि नतिजा नेगेटिभ आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ