वाग्मती प्रदेश सरकारले आफ्नो मातहत नरहेका जिल्लाका अस्पतालकाे स्तरोन्नति गर्ने

वाग्मती प्रदेश सरकारले आफ्नो मातहत नरहेका जिल्लाका अस्पतालकाे स्तरोन्नति गर्ने

  • मङ्लबार, भदौ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

वाग्मती , १६ भदौ ।
वाग्मती प्रदेश सरकारले आफ्नो मातहत नरहेका जिल्लामा भएका साना अस्पताललाई स्तरोन्नति गर्ने भएको छ ।
प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहमार्फत रहेका अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

हाल वाग्मती प्रदेशका आठ जिल्लामा मात्र प्रदेश मातहतका अस्पताल छन् । दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र चितवनमा प्रदेश मातहतमा अस्पताल छैनन् ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन व्यवसायीको इजाजत नवीकरण तथा जरिवाना/विलम्ब दस्तूरमा छुट दिने निर्णयसमेत गरेको छ ।
बैठकले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश राजपत्र प्रकाशनसम्बन्धी (पहिलो संसोधन) निर्देशिका २०७७ र दुग्ध पाउडर प्लान्ट निर्माणका लागि जग्गा भोगचलन गर्न बनेको विधेयक स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिनुभयो ।

यसैगरी महिला विकास प्रशिक्षण केन्द्र ललितपुरको संरचना प्रदेश मातहत ल्याउने र प्रदेश मातहत रहने आयोजनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ