भदौ १६ काठमाण्डौं । नेपालमा गत माघ देखि फैलन शुरु गरेको कोरोना भाईरसको संक्रमण समुदाय स्तर ( कम्युनिटी ट्रान्समिसन ) को तहमा पुगे नपुगेको बारे सरकारले औपचारीक किटान नगरे पनि जनस्वास्थ्यविदहरु विभिन्न १२ वटा जिल्लामा समुदाय संक्रमणको चरणमा पुगेको निष्कर्षमा पुगेका छन् ।
ती १२ वटा जिल्लाहरुमा रौतहट, सर्लाही, काठमाण्डौ, मोरगं, धनुषा, सुनसरी, बारा, लतिपुर, चितवन , रुपन्देही, पर्सा र महोत्तरी रहेका छन् । जुन जिल्लामा ५ सय बढी संक्रमित रहेका छन् । ती मध्य पनि चार वटा जिल्लामा एक हजार बढीका दरले संक्रमित रहेका छन् ।
जनस्वास्थ्यविद् डा. सुरेस तिवारीले स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै यी १२ वटा जिल्लामा देशभर संक्रमितको संख्याको ७३ प्रतिशत रहेको भन्दै यी क्षेत्रहरु हटस्पट भएको र यो समुदायमा पुगेको निष्कर्षमा पुगेको बताए ।
डा. तिवारीका अनुसार एक महिना अघि सम्म महिलामा संक्रमण दर ५ प्रतिशत थियो तर आज बढेर २३ प्रतिशत सम्म पुगेको छ । त्यस्तै वृद्धहरुमा पनि एक प्रतिशतबाट ४ प्रतिशतमा पुगेको छ ।
पहिला विदेशबाट आउने ९८ प्रतिशत बढीमा केस देखिएको थियो भने अब ९६ प्रतिशत केस स्थानीय देखिएको छ । मृत्यु दर पनि बढेको छ । परीक्षण गरेका केसहरुको तुलनामा ९ प्रतिशत सम्म पुगेको डा. तिवारीले बताए ।
यसरी हेर्दा यो समुदाय संक्रमणको चरणमा गएको डा. तिवारीको निष्कर्ष छ ।
अब कोरोनाको संक्रमण चक्र रोक्न समुदाय र सरकार दुबै पक्ष जिम्मेवार बन्नु पर्ने उनले बताए ।
अब परीक्षणको दायरा बैज्ञानिक बनाएर प्रतिकार्य गर्ने, समुदायले मास्क लगाउने, भीडभाड नगर्ने, हात नियमित धुने र भौतिक दुरी कायम गरी सचेत हुने कुराले मात्रै संक्रमणको चक्र रोक्न सकिन्छ, डा. तिवारीले भने ।
कोभिड १९ को कुनै उपचार नरहेको केवल लक्षणको मात्र उपचार हुने भन्दै उनले सचेत रहन अपील गरे ।
भीड सृजना गरिरहने हो भने परिणाम अझै गंभीर आउछ । यो लडाई सफल हुदैन ।
मास्क, हात धुने र भौतिक दुरी कोरोना बिरुद्धको प्रमुख हतियार हो ।
संक्रमण मुक्त भएका जिल्लामा आर्थिक गतिविधि खुल्ला राख्ने, कम भएका जिल्लामा मापदण्ड पुरा गरेर सचेतता अपनाउने, २ सय बढी भएका जिल्लामा लकडाउन गर्ने र ५ सय भन्दा बढी संक्रमित भएका जिल्लामा कफ्र्यु लगाउने कुरामा ध्यान दिनु पर्ने डा. तिवारीले बताए ।
यदी समुदाय सचेत नहुने हो भने कोरोना बिरुद्धको युद्धमा सफल हुन सकिदैन, डा. तिवारीले भने ।
नेपालमा अहिले सम्म ४० हजार ५ सय २९ जना संक्रमित पुगेका छन् भने कोरोनाका कराण २ सय ३९ जनाको मृत्यु भएको छ ।