गरुडामा युवक मृत्यु प्रकरण :इन्सपेक्टरसहित तीन प्रहरी निलम्बनमा

गरुडामा युवक मृत्यु प्रकरण :इन्सपेक्टरसहित तीन प्रहरी निलम्बनमा

  • मङ्लबार, भदौ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

रौतहट , १६ भदौ ।
रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १७ वर्षीय युवक विजय रामको हिरासतमा मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीनकुमार सिंह र दुई हवल्दार निलम्बनमा परेका छन् ।
गृह मन्त्रालयले इन्‍सपेक्टर सिंह र प्रदेश २ प्रहरी कार्यालय जनकपुरले दुई जना हवल्दारलाई सोमबारदेखि ६ महिनाका लागि निलम्बन गरेको हो ।

प्रहरी निमावली २०७१ नियम ११५(४) बमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मका लागि इन्सपेक्टर सिंहलाई गृह मन्त्रालय (सचिवस्तर) को भदौ १५ गतेको निर्णयानुसार अनुसार निलम्बन गरिएको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता डीएसपी अन्सु सिंहले बताए । ‘गृह मन्त्रालय, प्रहरी कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ८९ को पत्रले थप अनुसन्धान र जाँचबुझ नसकिएसम्म ६ महिनाका लागि निलम्बन गरिएको हो,’ उनले भने, ‘निलम्बन गरिदिन हुन भनी जिल्ला प्रहरी कार्यालय, रौतहटको अनुरोधबमोजिम पत्र आएकोले पनि अनुसन्धानका लागि तीनैजना निलम्बनमा परेका हुन् ।’

वीरगन्जस्थित नेसनल मेडिकल कलेजको शय्याबाट उपचारका क्रममा विजयले मृत्युहुनु केही समयअघि सादा पोसाकका प्रहरीले आफूलाई निरन्जनको हत्या स्विकार्न रड, बाँसको फराठ्ठा र बुटले हानेर चरम यातना दिएको भिडियोमा बताएका थिए ।
पीडित परिवारले पनि तीनैजनालाई अनुसन्धानको दायरामा ल्याउनु पर्ने माग राखेका थिए । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही माग राख्दै गरुडास्थित प्रहरी कार्यालय अगाडि दिनहुँ प्रदर्शन भइरहेको छ ।

जिंगडियाका २० वर्षीय निरन्जन रामको साउन ३१ गते राति घाँटी रेटेर हत्या भएको थियो, र हत्यामा संलग्न रहेको आरोपमा साउन ३२ गते विजयलाई इलाका प्रहरी गरुडाले पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ