भदौ १६ काठमाण्डौं । नोवेल मेडिकल कलेज, विराटनगर र पिपल डेन्टल हस्पिटल एण्ड कलेज, काठमाण्डौका एक्ला सञ्चालक सुनिल शर्मा ५१ प्रतिशत शेयर खरीद गरेर सिनामंगलमा रहेको केएमसी अस्पतालको अध्यक्ष बनेका छन् ।
लगानी बोर्डका पूर्व सिईओ राधेश पन्त, रवीन्द्रराज पाण्डे लगायतको शेयर केएमसीबाट शर्माले किनेको स्रोतले जनाएको छ ।
बाँकी ४९ प्रतिशत शेयर विजय पाण्डे, शोभामा पोखरेल, ओम प्रसाद पाण्डेको रहेको छ । उनीहरु पुरानै शेयर होल्डर हुन् ।
दुई दशक भन्दा लामो समयदेखि सफल मेडिकल कलेजको रुपमा स्थापित भई स्वास्थ्य सेवा र चिकित्सा जनशक्ति उत्पादन गर्दै आएको यो कलेजमा यस अघि अध्यक्ष रवीन्द्रराज पाण्डे थिए ।
शर्माले यस मेडिकल कलेजलाई अझ शसक्त बनाएर लैजाने बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline