मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको छः राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री ओली

मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको छः राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री ओली

  • सोमवार, भदौ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाडौँ , १५ भदौ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज भएको निधनबाट नेपालका राष्ट्रपति तथा प्रधानमन्त्री दुबैजनाले आफूहरु मर्माहत र दुखि भएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलेआज साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गरे ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले आफू अन्यन्तै दुखित भएको बताएका छन् ।

उनले आज साँझ ट्विट गर्दै दुःखको यस घडीमा भारत सरकार, भारतीय जनता र शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्रीओलीले मुखर्जीले विभिन्न ओहदामा रहेर नेपाल –भारत सम्बन्ध सुदृढ गर्न पुर्याएको योगदानको स्मरण पनि गर्नुभएको छ ।

पूर्वराष्ट्रपति मुखर्जीको निधनबाट नेपालले एक महान् मित्र गुमाएको आभास दुबैले गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ