आज देशभर ८९९ जना संक्रमित थपिए, ३९ हजार ४ सय ६० पुग्यो

आज देशभर ८९९ जना संक्रमित थपिए, ३९ हजार ४ सय ६० पुग्यो

  • सोमवार, भदौ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

भदौ १५ काठमाण्डौं । नेपालमा निरन्तर कोरोनाको गति बढीरहेको छ । आज पनि देशभर ८९९ संक्रमित थपिएका छन् । देशभरका ल्यावहरुमा ११ हजार १ सय २९ जनामा गरिएको परीक्षणमा ती संक्रमितहरु फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सगैँ देशभर संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ जना रहेका छन् । जस मध्य संस्थागत आईसोलेसनमा १० हजार ७ सय १ जना रहेका छन् भने बाँकी होम आईसोलेसनमा रहेका छन् ।
भेन्टिलेटरमा १६ जना रहेका छन् भने आईसियुमा एक सय ३२ जना रहेका छन् ।
हाल सम्म कोरोना मुक्त भई २१ हजार ४ सय १० जना घर फर्किएका छन् ।

यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ