भिसा अवधि सकिएपछि जरिवाना तिर्न नसक्दा नेपाल फर्कन टिकट काटेका १७ नेपाली नागरीक दुबई एयरपोर्टमै अड्किए

भिसा अवधि सकिएपछि जरिवाना तिर्न नसक्दा नेपाल फर्कन टिकट काटेका १७ नेपाली नागरीक दुबई एयरपोर्टमै अड्किए

  • सोमवार, भदौ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 23.2K
    SHARES

१५ भदौ ।

भिसा समय अवधि सकिएका नेपालीहरुले अध्यागमनमा समय सकिएबापतको जरिवाना शुल्क तिर्न नसक्दा १७ जना नेपाली दुबई एयरपोर्टमै अड्किएका छन् ।
सोमबार नेपाल एअरलाइन्सको चार्टर्ड उडान (आरए -२२९२) मार्फत घर फर्कन टिकट काटिसकेका मध्ये १७ जनाले भने भिसाको अवधि सकिँदा तिर्नुपर्ने जरिवाना शुल्क तिर्न नसक्दा नेपाल फर्कन नपाएका हुन् ।
नेपाल फर्कने अधिकांश नेपाली यात्रुहरुले अध्यागमनमा जरिवाना तिर्नुपर्ने भएकाले जहाज निर्धारित समयभन्दा झण्डै चार घण्टा पछि मात्र उडेको थियो।

आज नेपाल एअरलाइन्समार्फत स्वदेश फर्कने अधिकांश नेपाली यात्रुहरुले जरिवाना तिरेका छन् । नेपाल एयरलाइन्स युएईस्थित कन्ट्री म्यानेजर टिकाराम पंगेनीले जरिवाना बापतको रकम धेरै भएकोले १७ जनालाई भने पठाउन नसकिएको बताए।
‘नेपाली यात्रुलाई सकेसम्म लैजाउँ भनेर पार्किङ शुल्क तिरेर, जहाज राख्ने अनुमति मागेर पनि कुर्‍यौं तर १७ जनालाई केही गरी पनि पठाउन सकिएन ।’ उनले भने ।
उनले जहाजमा २ सय ५८ जना नेपाली यात्रु फर्किएको बताए।

युएईले मार्च १ भन्दा अघि भिसाको अवधि सकिएकालाई जरिवाना नलिने भनेपनि मार्चपछि भिसाको अवधि सकिएको हकमा जरिवाना लिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी