नौ वर्षीया बालिकामाथि यौन शोषण गरेको अभियोगमा गुरुङ पक्राउ

नौ वर्षीया बालिकामाथि यौन शोषण गरेको अभियोगमा गुरुङ पक्राउ

  • सोमवार, भदौ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

पोखरा , १५ भदौ ।
पोखरा महानगरपालिका वडा नं १० रामबजारका नौ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा स्थानीय ५५ वर्षीय रेशबहादुर गुरुङलाई प्रहरीले हिजो राती पक्राउ गरेको छ ।

विगत चार/पाँच महिनादेखि बालिकालाई ललाइफकाइ यौन शोषण गर्दै आइरहेको भन्ने उजुरीका आधारमा गुरुङललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

स्याङ्जा बिरुवा गाउँपालिका वडा नं ८ टोड्केमा लुकेको अवस्थामा आइतबार राति गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रवक्ता हमालका अनुसार घटनामा संलग्न गुरुङलाई जबर्जस्ती करणी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ