भदौ १५ काठमाण्डौं । विभिन्न दल सम्बद्ध ६ वटा ट्रेड युनियन महासंघले आईमबार सयुक्त बैठक पछि विज्ञप्ति जारी गरी नेपालको श्रम क्षेत्रमा सक्रिय एक तिहाई मजदुरको रोजगारी कटौती र बहुसंख्यक मजदुर तलव सुविधा विहीन भएको बताउदै उनीहरुलाई नगद राहत सहित बेरोजगार भत्ता र बैकल्पिक रोजगारीको व्यवस्था गर्न माग गरेका छन् ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, समाजवादी ट्रेड युनियन महासंघ, क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल, नेपाल ट्रेड युनियन फेडेरेसन, प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ नेपाल र स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्षहरुले एक सयुक्त विज्ञप्ति जारी गरी मजदुरहरुको रोजगारी कटौती तत्काल बन्द गर्न माग गरेका छन् ।
यस्तै ती संगठनहरुले खाडी, मलेशिया र प्रवास भारतमा रोजगारीका लागि गएका लाखौ श्रमिकहरुको रोजगारी गुमेको, कैयोको भिसा ईजाजत सकिएको भन्दै उनीहरुको संकटलाई बर्गिकरण गरेर स्वदेश ल्याउन पनि माग गरेका छन् ।
यस्तो उपभोग्य बस्तुमा विचौलीहरु हाबी भएर चार सय प्रतिशत सम्म महंगो भएको ले त्यसको नियन्त्रण गर्नु पर्ने लगायतका सम्पूर्ण माग पूरा नभए संघर्षमा उत्रने चेतावनी ६ वटा ट्रेड युनियनले दिएका छन् ।
विज्ञप्ति हेर्नुस् :
