आन्तरीक हवाइ उडान र यातायात भदौ मसान्त सम्म बन्द

आन्तरीक हवाइ उडान र यातायात भदौ मसान्त सम्म बन्द

  • सोमवार, भदौ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

भदौ १५ काठमाण्डौं । कोरोना नियन्त्रणका लागि चैत्र ११ देखि लकडाउन शुरु भए लगत्तै बन्द रहेको आन्तरीक हवाई उडान र लामो दुरीको यातायात अझै भदौ मसान्त सम्म बन्द हुने भएको छ ।
आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो रोक लगाउने निर्णय गरेको हो ।

यसअघि आजबाट मापदण्ड बनाएर खोल्ने भनिएको थियो ।

कोरोना संक्रमण बढ्दै जाँदा देशका धेरै भागमा निषेधाज्ञा रहेको छ । नेपालमा कोरोना संक्रमण निरन्तर बढीरहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ भने मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।
मन्त्री परिषद् बैठकले सरकारले झापाका सिडिओ उदयबहादुर रानामगरलाई हङकङ र मकाउका लागि महावाणिज्यदूत नियुक्त गरेको छ भने नवराज ढकाललाई ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको छ। ढकाल वाणिज्य विभागका सहसचिव हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ