विप्लव नेतृत्वकाे नेकपा नेतृ उमा भुजेल रिहा

विप्लव नेतृत्वकाे नेकपा नेतृ उमा भुजेल रिहा

  • आइतवार, भदौ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 29.7K
    SHARES

काठमाडौँ, १४ भदाै । विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रियसदस्य उमा भुजेल रिहा भएकी छन ।बन्दीप्रत्यक्षीकरणाकाे रिट निवेदनमाथि सुनुवाइ गर्दै आज सर्वाेच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै भुजेल रिहा भएकी हुन् ।

उमा भुजेलको तर्फबाट उनकी बहिनी शुशिला भुजेलले दायर गरेको रिट उपर सुनुवाई गर्दै न्यायधीसद्वय दीपककुमार कार्की र हरिकृष्ण कार्कीकाे संयुक्त इजलासले उनलाइ  गैर न्यायिक थुनाबाट रिहा गर्न आदेश दिएकाे थियाे ।

नेतृ भुजेललसँगै सुमनसिहं पौडेल पनि रिहा भएका छन । भुजेललाई सुनसरी जिल्ला अदालतले भदौ २ गते साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । तर रिहा हुनासाथ अदालत परिसरबाटै गिरफ्तार गरि झण्डै एक बर्षदेखि जेल तथा हिरासतमा रहेकी नेतृ भुजेललाई मास्क नलगाई हिँडेको मुद्धा सप्तरी प्रहरीले चलाएको देखिएको  थियो ।

रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंगाना, चिरन्जीवी ढकाल, पंकज कुमार कर्ण, सन्तोष कोईराला, राजु अधिकारी, खिमानन्द अधिकारी, चुडाबहादुर निरौलाले बहस गरेका थिए ।

आदेशमा पहिले देखि नै निरन्तर थुनामा रहेका व्यक्तिलाई विना कारण फरक आस्था र विचारकै कारणले पक्राउ गर्ने र अनुसन्धान गर्ने कार्य न्यायिक दृष्टिले औचित्यपूर्ण नदेखिएको भनिएको छ ।
भुजेल ०७६ पुष १२ गते सुनसरीबाट पक्राउ परेकी थिईन् । त्यस पछि झापा, जनकपुर, कैलाली, गोर्खा, ललितपुर, भोजपुर, संखुवसभा हुदै पुनः सुनसरी पछि सप्तरी लगिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ