मोटरसाईकलले ठक्कल दिएर घाईते ईनरुवाका दिवस श्रेष्ठको ६० दिन पछि निधन

मोटरसाईकलले ठक्कल दिएर घाईते ईनरुवाका दिवस श्रेष्ठको ६० दिन पछि निधन

  • आइतवार, भदौ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.6K
    SHARES

ईनरुवा भदौ १३ । सुनसरीको ईनरुवा नगरपालिका निवासी दिवस श्रेष्ठको मोटरसाईकलले ठक्कर दिएर घाईते भएको ६० दिन पछि भिदौ १३ गते नधन भएको छ ।
ईनरुवा मालपोत कार्यलय अगाडी छोरी लिएर हिड्दै गरेका दिवसलाई पछाडीबाट आएको मोटरसाईकलले ठक्कर दिदा टाउकोमा भंगीर चोट लागेको थियो । छोरी भने सामान्य घाईते थिईन् ।
उनलाई सोही दिन बिराटनगरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । त्यस पछि टाउकोको अप्रेसन गरेर भेन्टिलेटरमा राखेर उपचार गरे पछि बिरामी निको हुने संभावना रहेको चिकित्सकले बताएका थिए । उनलाई केही दिन वार्डमा समेत सारिएको थियो ।
पछि फेरी साह्रो भयो भनेर चिकित्सकहरुले न्युरोकै भेन्टिलेटरमा राखेका थिए ।
तर करीब २२ लाख रुपैया समेत उपचारमा खर्च भईसके पछि अस्पतालले भदौ ११ गते काम बिरामी काम नलाग्ने भन्दै पुरै पैसा असुलेर डिस्चार्ज गरिदिएको थियो । त्यस पछि घरमा ल्याएका थिए आफन्तहरुले ।
आखाँ हेरेको,हातखुट्टा चलिरहेको अवस्था देखे पछि ईनरुवाका मेयर राजन मेहेता लगायत स्थानीयले थप उपचारका लागि काठमाण्डौ लान सुझाव दिए पछि उनलाई एम्बुलेन्समा राखेर काठमाण्डौको न्युरो अस्पता ल्याईदै गर्दा बाटोमा निधन भएको पारीवारीक स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ