महोत्तरीमा थप दुईको कोरोनाबाट मृत्यु

महोत्तरीमा थप दुईको कोरोनाबाट मृत्यु

  • शनिबार, भदौ १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

भदौ १३ जलेस्वर । कोभिड–१९ को सङ्क्रमणबाट आज महोत्तरीमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–१ का ३० वर्षीय युवक र पिपरा गाउँपालिका–७ का ७० वर्षीय वृद्ध रहेको कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताउनुभयो ।

विगत आठ दिनदेखि नियमित ज्वरो र रुघाखोकीले ग्रसित युवकलाई शुक्रबार स्वासप्रस्वासमा समस्या भएपछि प्रादेशिक अस्पताल जनकपुर भर्ना गरिएको र शुक्रबार नै उनको स्वाब सङ्कलन गरिएकामा आज उपचारका क्रममा मृत्यु भएको र मृत्युपश्चात उनी कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ ।

त्यस्तै जिल्लाको बर्दिवासमा पाँच÷छ दिनदेखि ज्वरो र रुघाखोकीकै समस्या भएर उपचाररत वृद्धलाई पनि स्वासप्रस्वासमा समस्या भएपछि आज नै प्रादेशिक अस्पताल जनकपुर भर्ना गरिएकामा उनको पनि कोरोनाबाट मृत्यु भएको कोभिड–१९ विशेष अस्पताल जनकपुरका डा जामुनप्रसाद सिंहले बताउनुभयो । आज दुई जनाको मृत्युसँगै महोत्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ