आज देशैभरी कोरोना ८ सय ८४ संक्रमित थपिए,कुल ३७ हजार ३ सय ४० पुग्यो

आज देशैभरी कोरोना ८ सय ८४ संक्रमित थपिए,कुल ३७ हजार ३ सय ४० पुग्यो

  • शनिबार, भदौ १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

भदौ १३ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम जारी छ । यसै क्रममा आज नेपालमा ८ सय ८४ संक्रमित थपिएका छन् । देशभरका ल्यावहरुमा ११ हजार ५ सय १६ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सगैँ देशभर संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ७८ रहेको छ । त्यस मध्य १० हजार १ सय ३५ संस्थागत आईसोलेसनमा रहेका छन् भने ६ हजार ५ सय ७८ होम आईसोलेसनमा रहेका छन् ।
अहिले क्वारेन्टाईनमा ८ हजार ३५ जना रहेको मन्त्रालयले जनाएको छ ।
यसै गरी कोरोनाबाट मुक्त भई निको हुनेको संख्या २० हजार ५ सय ५५ रहेको छ । आजै मात्र ३ सय १३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या कुल संक्रमितको ५५ प्रतिशत रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ