धरान र चितवनमा गरी दुई जना थप कोरोना संक्रमितको मृत्यु

धरान र चितवनमा गरी दुई जना थप कोरोना संक्रमितको मृत्यु

  • शनिबार, भदौ १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

धरान चितवन भदौ १३ । कोरोनाले लगातार देशभर मानिसहरुको मृत्यु हुने क्रम बढेको छ । आज फेरी विपी प्रतिष्ठान धरान र चितवनमा गरी दुई जनाको मृत्यु भएको छ ।
आज बिहान चितवन मेडिकल कलेजमा हेटौडा ५ की ४९ बर्षे महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृगौला रोगबाट पीडित ती महिलाको आईसियुमा उपचार भईरहेको थियो ।
यस्तै उता धरान स्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिराहाका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।
गएराति साढे ११ बजे सिरहाको भदैया ६ घर भएका ८४ वर्षीय पुरुषको मृत्यु भएको हो । ती संक्रमितमा खोकी र ज्वरो र सास फेर्न गाह्रो हुने समस्या देखिएको अस्पतालका प्रवक्ता डा. नितेश सापकोटाले जानकारी दिए ।
भदौ ७ मा ती वृद्धमा कोरोना संकमण पुष्टी भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ