वीरगन्जमा कोरोना संक्रमणबाट एड्स रोगबाट पीडित सहित थप ३ जनाको मृत्यु

वीरगन्जमा कोरोना संक्रमणबाट एड्स रोगबाट पीडित सहित थप ३ जनाको मृत्यु

  • शनिबार, भदौ १३, २०७७
  • दिपक चौरसिया

  • 13.6K
    SHARES

वीरगन्जमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेका छन् । शुक्रबार राति दुई जना र शनिबार बिहान १ जनाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए।

वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिला, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा।अतुलेश चौरसियाले जानकारी दिए ।

वीरगन्ज महानगरपालिका २२ मनियारीका ३७ वर्षीय पुरुषको शनिबार बिहान ४ बजे मृत्यु भएको हो । वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत रहेका ती पुरुषको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि शुक्रबार राति १२ बजे काठमाण्डौ रिफर गरिएको थियो।

वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा शुक्रबार साँझ साढे ५ बजे उनको मृत्यु भएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाइ शुक्रबार अपरान्ह नारायणी अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा शुक्रबार साँझ साढे ५ बजे उनको मृत्यु भएको थियो।

यस्तै वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमै उपचारका क्रममा शुक्रबार राति ४३ वर्षीय एक संक्रमित पुरुषको पनि मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका (१२ घर भएका ती पुरुषको उपचारका क्रममा शुक्रबार राति १२ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता चौरसीयाले जानकारी दिए। हेपाटाइटिस बी र एचआइभी एड्स संक्रमित रहेका ती पुरुषको स्वास्थ्यमा समस्या भएपछि तीन दिन पहिले नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो।

मेडिकल कलेजमा उपचारकै क्रममा उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार साँझ वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा रिफर गरिएको थियो। कोभिड अस्पतालमा उपचारका क्रममा उनको शुक्रबार राति १२ बजे मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए।

थप ३ जनाको मृत्यु भएसंगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ। साउन यतामा मात्रै ४४ जनाको मृत्यु भएको हो।
वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ४८ जनामध्ये १ बेवारिसे युवकसहित पर्साका ३६ जना, बाराका १० जना र रौतहटका २ जना रहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ