सीसीएमसीका कर्मचारीमा काेराेना भएपछि रक्षामन्त्री,गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापति होम क्वारेन्टाइनमा 

सीसीएमसीका कर्मचारीमा काेराेना भएपछि रक्षामन्त्री,गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापति होम क्वारेन्टाइनमा 

  • शुक्रबार, भदौ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

काठमाडाैं, १२ भदाै । उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा शुक्रवारदेखि होम आइसोलेसनमा बसेका छन् । कोरोना भाइरस संक्रमितको सम्पर्कमा पुगेको देखिएपछि हाेम आइसोलेसनमा बसेका हुन् ।

छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भेटिएकाे थियाे । सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि भएकाे बैठकमा सहभागी भएका उनीहरु होम क्वारेन्टाइनमा बसेका हुन् । यस्तै सचिव महेन्द्र गुरागाई पनि होम क्वारेन्टाइनमा बसेकाछन् ।

साे बैठकमा सहभागी एक कर्मचारीमा संक्रमण देखिएको हो । मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको पनि पीसीआर परीक्षण गरिएको छ । तर नतिजा आउन बाँकी छ । परीक्षणको नतिजा नआएसम्म उनीहरु होम क्वारेन्टाइनमा बस्ने सीसीएमसी स्रोतले बताएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ